आगम, यामल र निगम (शिव, भैरव र तन्त्र शास्त्र)
शिव ,भैरव र तन्त्र शास्त्र --------------------------- तंत्र शास्त्र भगवान आशुतोष शिवजीद्वारा निःसृत भएको मान्ने गरिन्छ | यसका तीन हाँगा रहेका छन , जसलाई आगम, यामल र निगम भनेर चिन्ने गरिएको छ | यामल तंत्र शिव र शक्तिको एकताको प्रतीक हो | शिवको अर्द्धनारीश्वर स्वरुप तन्त्रस्वरूप मानिएको छ | यहाँ शिव विशुद्ध चैतन्यको प्रतिक हो भने शक्ति विशुद्ध गुणात्मक ऊर्जा हो | प्रत्येक व्यक्तिको शक्ति , कुंडलिनी शक्तिको रूपमा विराजमान भएको हुन्छ | तंत्र शास्त्रले जे कुरा यो ब्रह्मांडमा छ त्यहीकुरा हाम्रो शरीर भित्र पनि रहेको हुन्छ भन्ने गर्दछ | यसैका कारण मान्छेले आफ्नो चेतना शक्तिद्वारा ब्रह्मांड संग संपर्क स्थापित गर्न सकेको हुन्छ | मानवीय चेतना असीमित रहेका हुन्छन | शिव संहितामा कुंडलिनी शक्तिलाई सुप्तसर्पिणी जस्तो भनिएको हुँदा , धेरै प्राचिन विद्वानहरुले यसलाई ‘जीवन अग्नि’ भनेर चिह्नाएका छन | शास्त्रले हाम्रो मूलाधार चक्रमा कुंडलिनी शक्ति रहेको हुन्छ भनेर बताएको छ | तंत्र शास्त्र त्यै कुरालाई इंगित गर्दै जुनसुकै मान्छेले चक्र र कुंडलिनीमा ध्यान दिन सकेक