पूर्णिमा को दिन चन्द्रमा को पूजा विधि
पूर्णिमाको दिन
१ पूजामा बस्ता पूर्व वा उत्तर फर्किने
१. पहिले विगुत वा रातो टीका लाउने
२. शुद्ध आसनमा बस्ने
३. दुई पञ्चपात्रोमा पानी हाल्ने र पाँच इञ्च बराबरका ३ वटा कुश राख्ने
४. वाँयापटिको पञ्चपात्राको जलले तीन पटक आचमन गर्ने आचमन गर्दा ॐ अच्युताय नमः ॐ माधवाय नमः ॐ केशवाय नमः र हात धुँदा ॐ गोविन्दाय नमः भन्ने ,
२. पहिले दियो बाल्ने, दियोको दाहिनेतिर कलश थाप्ने, छेउमा गणेश राख्ने अनि वायाँतिर कलश थाप्ने, र ती तीनवटाका अगाडि आफ्ना सामुमा कलशमाथि चाँदीको प्लेटमा चाँदीको चन्द्रमा राख्ने,
३. दियोलाई दीपाय नमः ४. कलशलाई कलशस्थ वरुणाय नमः ५. गणेशलाई गणपतये नमः भनेर पूजागर्ने,
त्यसपछि चाँदीको चन्द्रमामा अबिर, केशरी पुष्प चढाएर पूजा गर्दा भन्ने मन्त्र
ॐ सौं अमृतकलात्मने संवित्पीठाय नमः ॐ षोडशकलात्मने नमः ॐ चन्द्रमसे नमः
षोडश कलाको पूजाः
१. ॐ अमृतायै नमः २. ॐ मानदायै नमः ३. ॐ पूषायै नमः
४. ॐ पुष्ट्यै नमः ५. ॐ तुष्ट्यै नमः ६. ॐ रत्यै नमः
७. ॐ धृत्यै नमः ८. ॐ चन्द्रिकायै नमः ९. ॐ कान्त्यै नमः
१०. ॐ ज्योत्स्नायै नमः ११. ॐ श्रियै नमः १२. ॐ प्रीत्यै नमः
१३. ॐ अङ्गदायै नमः १४. ॐ पूर्णायै नमः १५ ॐ शशिन्यै नमः
१६ ॐ पूर्ण अमृतायै नमः
कुण्ड बनाएर चन्द्रमातिर फर्किएर अघ्र्य दिने मन्त्रः
ॐ विद्ये विद्यामालिनी चन्द्रिणि चन्द्रमुखि स्वाहा ।।
ज्योत्स्नायाः पतये तुभ्यं नमस्ते ज्योतिषांपते ।
नमस्ते रोहिणीकान्त अघ्र्यंं मे प्रतिगृह्यताम् ।।
अत्रिनेत्र समुद्भूत क्षीरोदार्णव सम्भव ।
गृहाणाघ्र्यं मयादत्तं रोहिणी सहित प्रभो ।।
प्रार्थनाः
ॐनमस्ते पुण्डरीकाक्ष नमस्ते ह्यमरप्रिय ।
नमस्ते कमलाकान्त वासुदेव नमोऽस्तुते ।।
ॐनमस्तेऽस्तु निशानाथ रोहिणीप्रियवल्लभ ।
नमस्ते हररुपाय कला षोडशधारिणे ।।
Comments
Post a Comment