छान्दोग्य उपनिषद् को मंत्र
अन्नमयं हि सौम्य मनः आपोमयः प्राणः तेजोमयीवागिति भूय एव मा भगवान्विज्ञापयत्विति तथा सोम्येति होवाच॥ छान्दोग्योपनिषत् को षष्ठ अध्याय को पंचम खण्ड को अन्तिम चतुर्थ मन्त्र हो
यो मंत्र को 3 पल्ट पुनरावृत्ति हुन्छ छान्दोग्य उपनिषद् को षष्ठ अध्याय को पंचम खण्ड , षष्ठ खण्ड र सप्तम खण्ड को अन्तिम चतुर्थ मन्त्र हो तीन पल्ट पुनरावृत्ति भयेको छ॥
पंचकोष को उपासना: अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष। अन्न को ब्रह्मरुप मा उपासना, प्राण को ब्रह्मरुप मा उपासना, मन को ब्रह्मरुप मा उपासना, बुद्धि को ब्रह्मरुप मा उपासना, अन्त मा आनन्द को ब्रह्मरुप मा उपासना र आनन्द ब्रह्म हो यो अनुभव निर्विकल्प समाधि मा हुन्छ॥
जितासनो जितश्वासो जितसंगो जितेन्द्रिय:। स्थूले भगवतो रूपे मन: सन्धारयेद्धिया॥ अर्थात् यो शरीर अन्नमय कोष हो योगासन द्वारा अन्नमय कोष शरीर लाई जित्नु पर्छ, प्राणायाम द्वारा श्वास रूपी प्राणमय कोष लाई जित्नु पर्छ, संग को अर्थ हो आसक्ति(attachment), संग(आसक्ति) लाई जित्नु पर्छ, संसार को विषय भोग हरू लाई अनासक्त(असंग)(detachment)भयेर भोग्नु पर्छ ,प्रत्याहार द्वारा मन, पंच ज्ञानेन्द्रिय पंच कर्मेंद्रिय सबै एकादश इन्द्रिय हरु लाई जित्नु पर्छ, धारणा द्वारा विज्ञानमय कोष लाई जित्नु पर्छ, ध्यान र समाधि द्वारा आनन्दमय कोष ब्रह्म लाई प्राप्त गर्न सकिन्छ। भगवान विराटरूप को संयम गर्नु पर्छ, धारणा ध्यान र समाधि को संयुक्त रूप लाई संयम भनिन्छ। भगवान को स्थूल रूप विश्वमूर्ति को धारणा गरे पछि विज्ञानमय कोष को सिद्धि हुन्छ र आनन्दमय भगवान को प्राप्ति हुन्छ।
Comments
Post a Comment